पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण गरिएको छ । विभिन्न १६ देशका ३५ जना विदेशीहरुले पोखरा रंगशालाको करिब ५ सय बर्ग मिटर क्षेत्रफलमा उक्त सेन्टरको निर्माण गरेका हुन् ।
सेन्टर निर्माणमा करिब २५ हजार डलर खर्च भएको जनाईएको छ । उक्त खर्च र अन्तराष्ट्रिय स्केटिङ संघले नै जुटाएको संघका अप्रेसन म्यानेजर जोन चोकोन्सले बताउनुभयो । अन्तर्राष्ट्रिय स्केटिङ संघका अप्रेसन म्यानेजर जोन चोकोन्सको नेतृत्वमा रहेको विदेशीहरुको समुहले उक्त र्याम निर्माण गरिएको हो ।
अमेरिका, वेलायत, डेनमार्ग, अष्ट्रेलिया, वेल्जियम, जापान, दक्षिण कोरिया, क्यानडा, फ्रान्स, जर्मनी लगायतका देशका प्राविधिक देखि विभिन्न क्षेत्रमा दक्षता हासिल गरेकाहरुले र्याम निर्माण गरेका हुन् ।
सेन्टरको शनिबार एक कार्यक्रमका बिच पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले औपचारिक रुपमा उद्धघाटन गर्नुभएको हो ।
सेन्टरले यस क्षेत्रको स्केटिङ् खेलको विकासमा विशेष योगदान गर्ने खेल अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । पोखरामा यो नयाँ खेल भएकाले यसले पोखराको खेल र पर्यटन गतिविधी सकारात्मक प्रभव पार्ने अनुमानहरु गरिएका छन् ।