माओवादी केन्द्रको पोखराको विकास बारे १६ पृष्ठ लामो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

माओवादी केन्द्रको पोखराको विकास बारे १६ पृष्ठ लामो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ बैशाख २०७४
  • 20K
    Shares

नेकपा माओवादी केन्द्रले आज पोखरामा एक चुनावी सभाको आयोजना गरेर माओबादी केन्द्रको तर्फबाट पोखरा लेखनाथ महानगरको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धता पत्र तयारी समितिका संयोजक एबं माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य झलकपाणी तिवारीले प्रतिबद्धताका बारेमा जानकारी गराउनुभएको थियो । १६ पृष्ठको प्रतिबद्धतापत्रमा पोखरालाई पााच बर्ष भित्र अत्याधुनिक शहर बनाउने, महानगरका ७ क्षेत्रलाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने, चलचित्र महाबिद्यालय स्थापना गर्ने लगायतका बिषय समावेश गरिएको छ ।
त्यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङलेे पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बन्यो भने पोखरा अन्र्तराष्ट्रिय केन्द्र बन्ने र काठमाडौंको हालिमुहाली सकिने डरले यसको निर्माणमा बाधा उत्पन्न भईरहेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी पोखरा लेखनाथ महानगरस्तरीय आमसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेता देव गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो । तर काठमाडौंको हालिमुहाली सकिने डर भएका व्यक्ति, समूह वा संस्थाका बारेमा नेता गुरुङले केही बताउनुभएन ।
माओवादी केन्द्रको प्रदेश नम्बर ४ का ईञ्चार्ज समेत रहेका नेता गुरुङले माओवादी नेतृत्वको वर्तमान सरकारले आजभोलि नै अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेर पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बन्ने सुनिश्चितता गर्ने दाबी गर्नुभयो ।
उर्जामन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल अभियान केवल उर्जाको क्षेत्रमा मात्रै नभई समृद्ध नेपाल बनाउने अभियान भएको दाबी गर्दै उर्जा क्षेत्रमा भएको भ्रष्टाचार र दलाली प्रवृत्तिबिरुद्ध आफूले डटेर संघर्ष गरेपछि मात्रै उज्यालो नेपाल ल्याउन सफल भएको जिकिर गर्नुभयो । वहाँले “नेपालमा श्रोत र पुाजीको समस्या नभएको” बताउनुहुँादै अघि थप्नुभयो, ‘यहाा समस्या छ त केवल सोंच र दृष्टिकोणको ।’ मन्त्री प्रभाकरले देशमा व्याप्त भ्रष्टाचार र दलाल संस्कृतिबिरुद्ध लड्न जनतालाई अपिल समेत गर्नभयो ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्यद्वय राजकाजी गुरुङ ‘करण’ , झलकपाणाी तिवारी लगायतले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया