महिलाको गोप्य अंग हेर्न दलबलसहित पूर्व मन्त्री एबम राप्रपा नेता सुब्बा पिडित महिलाको माइती पुगेपछि ……. ….

महिलाको गोप्य अंग हेर्न दलबलसहित पूर्व मन्त्री एबम राप्रपा नेता सुब्बा पिडित महिलाको माइती पुगेपछि ……. ….


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ जेष्ठ २०८२
  • 6.5K
    Shares

पोखरा, २७ जेठ २०८२।

महिलाको गोप्य अंग हेर्न पुगेका पूर्व भूमिसुधार मन्त्री एबम राप्रपा नेता रामकुमार सुब्बालगायत चार जना विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेपछि मोरङको डायनियास्थित माइती घर बस्दै आएकी पीडित महिलाको गोप्य अंग हेर्न पुगेका पूर्व मन्त्री एबम राप्रपा नेता सुब्बालगायत चार जना विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् ।

घर निकाला भए पछि माइती बसेर पीडित महिलाले श्रीमान र ससुरा बिरुद्ध जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । हाल माइतीमै बस्दै आएकी ती पीडित महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र परिवारको यातनाको कारण सम्बन्ध बिच्छेद र अशं मुद्दा दायर गरेकी बताइएको छ।

जिल्ला अदालतमा दर्ता भएको त्यही सम्बन्ध बिच्छेद र अशं मुद्दा फिर्ता लिन दबाब दिन गत चैत २२ गते मोरङको डायनियास्थित पिडित महिलाको माइती पुगेका पूर्वमन्त्री सुब्बाले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको’ भन्दै अपमान गरेपछि विवाद भएको जाहेरीमा उल्लेख छ । ‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन् । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।

पिडित महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै अदालतमा सुब्बासहित तीन जनाविरुद्ध उजुरी दिएकी हुन्।

‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौँ । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरेँ । मेरो परिवारले पनि उक्त कुराको इन्कारी गर्नुभयो । तर, प्रतिवादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नांगेझार पार्छौँ भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दबाब सिर्सना गर्दै जान थाल्नुभयो ।’

सुब्बासहितले आफ्नो अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य तेस्रो लिङ्ग छुट्याउन भन्दै सँगै आएकी सुनिता घिमिरेलाई आदेश दिएको पीडितको भनाइ छ । उनीहरूको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अङ्गहरू हेरेको उनले दिएको मुद्दामा उल्लेख छ ।

त्यसपछि ‘हिँजडा’ हैन रहेछ भन्दै प्रतिवादीहरू फर्किएका थिए । व्यक्तिगत गोपनीयताको हनन् गर्दै आफूमाथि गालीबेइज्जती र अपमान गरेको र आफूले कानुनी रूपमा अंश पाउने हक अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको भन्दै उनले कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

सुब्बाले गोपाल आफ्नै घरमा बस्ने केटो भएकाले परिवार बिखण्डन हुन लागेकाले छलफलमा गएको बताए । उनले भने, ‘म छलफलमा गएको हो । छलफलमा गएको विषयलाई अतिरन्जित बनाइयो ।’ उनले आफूले कुनै दुर्ब्यबहार नगरेको बताए ।

प्रतिक्रिया