पोखरा, १६ जेठ २०८२।
कुवेतमा बेचिएकी पोखराकी एक चेलीले उद्धारका लागि सामाजिक सञ्जालबाट बिलौना गरेकी छिन्। सामाजिक संजाल फेसबुकमा एउटा भिडियो सन्देश पोस्ट गर्दै पोखरा घर बताउने २५ वर्षीया सोनु बिकले आफुलाई उद्धार गरिदिन बिलौना गरेकी छिन।
आफूलाई कम्पनीका लागि भनेर कुवेत ल्याइएको जानकारी दिंदै उनले आफ्नो भिडियो सन्देशमा उनले आफूलाई सामान चोरीको आरोप लगाएर कुटपिट गर्ने , मारिदिन्छु भनेर धम्क्याउने गरेको बताएकी छिन। आफूले साहुको छोराको सामान दाबी गर्न जान भनिएपछि जाने क्रममा झुक्किएर आफुले एउटा सामान खल्तीमा हालेको भेट्टाए पछि आफुलाई कुट्ने , पिट्ने र मार्नेसम्मको धम्की आएको उल्लेख गरेकी छिन्।
उक्त भिडियो सन्देशमा आफ्नो कुनै गल्ति नरहेको बताई रहेकी पिडित सोनु बिकले आफुलाई निकाल्नका लागि पहल गरिदिन आग्रह गरेकी छिन।