श्रीमानसँग विवाद भएपछि काठमाण्डौमा पेट्रोल छर्केर आत्मदाहको प्रयास

श्रीमानसँग विवाद भएपछि काठमाण्डौमा पेट्रोल छर्केर आत्मदाहको प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ बैशाख २०८२
  • 5.1K
    Shares

पोखरा, १६ बैशाख २०८२।

काठमाडौंको बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।

आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।

उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ । उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया