दुई पाङ्ग्रे सवारी सवारी साधान अनुमति पत्रको लागि अर्काको नाममा ट्रायल दिन खोज्दा एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । काठमाडौं महानगरपालिका–३४ मिनभवनस्थित यातायात व्यबस्था विभागको प्राङ्गणमा अर्काको नाममा ट्रायल दिने काठमाडौं सितापाइला रामकोटका १९ वर्षीय दिलिप गिरी पक्राउ परेका हुन् ।
राजेन्द्र वनको नाममा ट्रायल दिन आएको अवस्थामा यातायात विभागको टोलीले गिरीलाई आज नियन्त्रणमा लिएको थियो । उनलाई कार्वाहीको लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा बुझाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।