करिश्माका पूर्वपतिले गरे तेस्रो विहे

करिश्माका पूर्वपतिले गरे तेस्रो विहे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ बैशाख २०७४
  • 11.2K
    Shares

बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वपति संजय कपूरले बिहिबार दिल्लीमा पि्रया सचदेवसँग बिहे गरेका छन् । संजयको यो तेस्रो विहे हो ।

भारतीय मिडियाका अनुसार उनीहरुले अदालति बिहे गरेका हुन् । उनीहरुले न्यूयोर्कमा वैवाहिक समारोह तथा रिसेप्सन आयोजना गर्नेछन् । संजय र पि्रयाको पहिलो भेट न्यूयोर्कमा नै भएको थियो । उनीहरु करिब ५ वर्षदेखि डेटमा थिए । होटल मालिक विक्रम चटवालकी पूर्वपत्नी हुन् पि्रया ।

करिश्मा भन्दा अगाडि संजयले डिजाइनर नन्दिता महतानीसँग बिहे गरेकी थिइन् । नन्दितासँग पारपाचुके गरेको १० दिनपछि नै उनले करिश्मासँग बिहेको घोषणा गरेका थिए ।

उनीहरुबीच २९ डिसेम्बर, २००३ मा बिहे भएको थियो । संजयसँग डिभोर्स गरेपछि करिश्मा मुम्बईमा रहेको फर्मा कम्पनीका सीइओ सन्दीप तोशनीवालसँग डेट गरिरहेकी छिन् । हाल उनी बाबु रणधिरकपुरसँग बस्छिन् । उनका दुई बच्चा छन् ।- एजेन्सी

प्रतिक्रिया