उदयपुरमा गएराती जिपले ठक्कर दिंदा घरको पेटीमा बसिरहेका दिदिबहिनीको मृत्यु (भिडियोसहित)

उदयपुरमा गएराती जिपले ठक्कर दिंदा घरको पेटीमा बसिरहेका दिदिबहिनीको मृत्यु (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ फाल्गुन २०८१
  • 4.6K
    Shares

पोखरा, २३ फागुन २०८१।

उदयरपुर । त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बोलेरो गाडीको ठक्करले दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडीले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसीरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


उदयपुर प्रहरीका अनुसार सप्तरी जिल्ला राजविराज घर भएर त्रियुगा नगरपालिका १२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई बोलेरोले ठक्कर दिंदा मृत्यु भएको हो । सवारी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया