पोखरा, ११ फागुन २०८१।
पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले एउटा व्यक्तिलाई दोहोरो अनुदान दिन रोक्नुपर्ने तथा कृषि तथा पशु बिज्ञ केन्द्रबाट दिईने सुचना तल्लो तह वडासम्म पुग्नुपर्ने कुरामा जोड दिएका छन्।
जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले त्यस्तो कुरामा जोड दिएका हुन्।
कास्की जिल्लाभित्र रहेका सघ तथा प्रदेशका बिषयगत सेवाप्रबाहका कार्यालयहरुको अर्धबार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुले सिंचाइमा बढी जोड दिनुपर्ने, बाझो जग्गालाई सदुपयोग गर्नुपर्ने , किसानहरुले पोटास मलको प्रयोग बढाउने, रैथाने वाली संरक्षणर प्रोत्साहन गर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए।
उनीहरुले माटो परिक्षणको लागि तालिका बनाई स्थानीय तहमा नै पुगी परिक्षण गर्नुपर्ने ,डिभिजन वनकार्यलय संग समन्वय गरि वनजङ्गलका पात पतिङरलाई जैविक मल बनाउने जस्ता कार्यमा अनुदान दिनुपर्ने, बिषादिको लाइसेन्सको लागि प्रदेशले कानुन बनाउनु पर्नेमा जोड दिए ।
छलफलमा सहभागिहरुले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन , डेंगुको रोक्थामको अभियान समयमै चलाउनुपर्ने, नागरिकका घर-घरमा खानेपानी आपूर्ति नियमित हुनुपर्ने ,सामुदायिक वनको जग्गा समुदायको हितमा प्रयोग गर्नु पर्ने जस्ता बिषयहरु उठाएका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्यालयहरुको पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको भन्दै पुँजीगत खर्च बढाउन, समयमै कार्यक्रम बनाई योजना सम्पन्न गर्न निर्देशन दिए ।
उक्त कार्यक्रम मा सामाजिक सुरक्षा कोष , प्रदेश जनस्वास्थ्य कार्यलय, कृषि ज्ञान केन्द्र प्रधानमन्त्री कृषि आधुनिकिकरणपरियोजना कार्यन्यन ईकाई ,शिक्षा बिकास तथा समन्वय ईकाई ,पर्यटन तथा उधोग कार्यलय ,भेटनारी अस्पताल, तथा पशु बिज्ञ केन्द्र ,गण्डकी आयुर्वेद अस्पताल ,श्रम तथा रोजगार कार्यलय, डिभिजन बनकार्यलयका प्रमुख हरुको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका उप- प्रमुख सरिता माल ले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहजीकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।