धनुषाका एक युवा तीन हप्तादेखि बेलायतमा बेपत्ता

धनुषाका एक युवा तीन हप्तादेखि बेलायतमा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० फाल्गुन २०८१
  • 3.5K
    Shares

पोखरा, १० फागुन २०८१।

अध्ययनका लागि बेलायत पुगेका धनुषाका एक युवा करीब तीन सातादेखि बेपत्ता भएका छन्।

सन् २०२२ को सेप्टेम्बर १७ मा युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न बेलायत पुगेका धनुषाको हंसपुर ६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ देखि बेपत्ता भएका हुन्। आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपालस्थित परराष्ट्र मन्त्रालयमा अधिकारीका बाबु हरिनारायण मण्डलले निवेदन दिएका थिए ।

नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले दिएको जानाकारी अनुसार, अधिकारीको आनीबानीका कारण वेष्ट लन्डनमा घरबेटीले निकालेपछि उनी इलफोर्ड सेभेन किंग्स्का सुरज पण्डितसँग सम्पर्कमा आएका थिए ।

पण्डितले नेपालीको बिचल्ली भयो बस्न दिनु पर्‍यो भनेर अर्को घरबेटीमा कुरा गरे। तर उनको हाउभाउ र अवस्था देखेर राख्न मानेनन् । अनि पण्डित लगायत नेपालीले फेब्रुअरी २ मा रेल चढ्न बाटो खर्च जुटाएर पठाएयता उनी सम्पर्कमा छैनन् ।

बेलायत आउने विद्यार्थीहरूमा अहिले थुप्रै खालका समस्या रहेको दूतावासले जनाएको छ । जुन सोचले बेलायत आउँछन् यहाँ आएपछि सोचेअनुरूप नहुँदा विक्षिप्त बन्ने गरेको प्रशस्त उदाहरणहरू छन् । विदेश जानुअघि निकै सोचविचार गरेर मात्र आउन दूतावासको आग्रह छ ।

प्रतिक्रिया