कुमारी सहकारी ठगी प्रकरण : पूर्वसञ्चालक लोकेश पुनमगर पक्राउ

कुमारी सहकारी ठगी प्रकरण : पूर्वसञ्चालक लोकेश पुनमगर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • 4.1K
    Shares

पोखरा, ९ फागुन २०८१।
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपियाँ अपचल नमा संलग्न भएको आरोपमा प्रहरीले उक्त सहकारीका एक जना पूर्वसञ्चालकलाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका-४ घर भएका उक्त सहकारीका पूर्वसञ्चालक लोकेश पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीविरुद्ध प्रहरीले बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। ।

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए ।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन-२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् ।

प्रतिक्रिया