जुम्लामा राँकेजुलुश निकालेर दलित युवाले मागे, गृहमन्त्रीकाे राजिनामा (भिडियोसहित)

जुम्लामा राँकेजुलुश निकालेर दलित युवाले मागे, गृहमन्त्रीकाे राजिनामा (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ माघ २०८१
  • 5.7K
    Shares

पोखरा, २५ माघ २०८१ ।

अन्तरजातीय प्रेम बिवाह गरेका दलित यूवा (दुलाह) माथि गृहमन्त्री रमेश लेखकले शक्ति र सत्ताकाे आडमा अत्याचार गरेकाे, प्रेम बिवाह गरेका जाेडीलाई ‘मष्ट वान्टेन्ड’ जस्ताे गरि भारतकाे बम्बै सम्म प्रहरी पठाएर पक्राउ गर्न लगाएकाे र अनुसन्धानका नाममा गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएकाे कुरा बाहिरएपछि देशभर गृमन्त्रीकाे विराेध भईरहेकाे छ ।

यसै क्रममा विहिबार साँझ गृहमन्त्री रमेश लेखकबिरुद्ध जुम्लामा दलित युवाहरुले राँके जुलुस निकालेर राजिनामा मागेका छन्।

अन्तरजातीय प्रेम बिवाह गरेका जाेडी सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामलाई छुटाउन गृहमन्त्री रमेश लेखकले अत्याचार गरेको भन्दै जुम्लामा दलित युवाहरुले राँके जुलुस निकालेर राजिनामा मागेका हुन्।


जुम्लाकाे कृष्ण मन्दिर हुदैँ जिल्ला प्रशासन कार्यालयसम्म राँकेजुलुस निकालेकाे दलित यूवा बिवेन्द्र नेपालीले बताए । उनका अनुसार शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाईनेछ ।

अन्तरजातीय प्रेम विवाहमा गृहमन्त्रीकाे अत्याचारकाे विषयले विहिबारकाे प्रतिनिधि सभा बैठकमा प्रबेश पायाे । बैठकमा धेरै सांसदले गृहमन्त्रीसंग जवाफ मागे । तर गृहमन्त्रीले दिएकाे जवाफ चित्त बुझ्दाे र न्यायिक नभएकाे भन्दै विराेधमा राजिनामा माग्दै जुम्लामा राँके जुलुस प्रर्दशन गरिएकाे दलित यूवाले बताएका छन ।

तत्काल सरकारले लेखकलाई छानबिन गरि कार्वाही गर्नुपर्ने,गृहमन्त्रीबाट हटाइ अनुसन्धान गर्नुपर्ने देशभरबाट चर्काे माग भईरहेकाे छ ।

प्रतिक्रिया