पत्रकार सम्मेलनमै क्यामेराको अघि रोइन् नायिका कबिता

पत्रकार सम्मेलनमै क्यामेराको अघि रोइन् नायिका कबिता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ चैत्र २०७३
  • 18.2K
    Shares

आफनै छेउमा थिए श्रीमान् उमेश थापा, आफ्नै दम्पत्तिको प्रेम कहानीकाई आधार बनाएर चलचित्र बनाउन तयार रहेको टिमले पत्रकार सम्मेलनको आयोजना गरेको थियो l त्यसमा पनि आफु नायिका र श्रीमान् उमेश थापा नायक बन्दै थिए l तैपनि नायिका कबिता गुरुङ सो कार्यक्रममा आँसु झार्दै रोइन l एकातिर अन्तरजातीय बिबाह, अर्कोतिर विदेशिनुको बाध्यता, त्यसमा पनि बैबाहिक सम्बन्धलाई टिकाउन गर्नुपरेका संघर्षहरु सम्झिएर उनले आँसु झारिन l

यी र यस्तै कहानीहरु समेटेर निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ बनाउने भएका छन् । यो चलचित्र नर्वेमा बस्दै आएका एक जोडीको हो । नर्वेमा इन्जिनियरिङ पेशामा सफलता पाएका उमेश थापा र उनकी धर्मपत्नी कविता गुरुङको वास्तविक कथामा चलचित्र बन्नेछ ।

कार्यक्रममा उमेशले भने-‘हाम्रो लभ स्टोरी यूनिक छ । कविता र मेरो लभ स्टोरी चलचित्रमा हेरेर दर्शकले मन मात्र पराउनु हुँदैन, प्रेम पनि गर्नुहुन्छ ।’ यस्तै, कविताले भनिन्-‘उमेश र मेरो प्रेम कथालाई दर्शकले पक्कै मन पराउनुहुनेछ । यो चलचित्र बनेपछि मेरो जिन्दगीकै सबैभन्दा ठूलो उपहार मलाई मिलन दाइबाट मिल्नेछ ।’ आफूले मिलन चाम्सले पाएको उचाइलाई कमजोर नबनाउने भन्दै गर्दा कविताको आँखाबाट आँशु झरे । उनी, पत्रकार सम्मेलनमै रोइन् ।

पोखराकी गुरुङ समुदायकी कविता र उमेशविचको प्रेमकथा मन छुने रहेको मिलनले बताए । चलचित्रको स्क्रीप्ट अहिले नरेश भट्टराइले लेखिरहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन रहने पक्का भएको छ । चलचित्रको छायांकन १२ दिन नर्वे र त्यसपछि पोखरा र काठमाण्डौमा गरिनेछ ।

मिलनले यूरोपमा कवितालाई भेटेर उनको कथा सुनेपछि आफू चलचित्र बनाउन आकषिर्त भएको बताए । कथा सुनेपछि उनलाई सुरुवातमा कुनै चलेका नायक-नायिका लिएर चलचित्र बनाउने सोच थियो । तर, जब उनले चलचित्रमा आफै अभिनय गर्न कवितालाई आग्रह गरे, उनी मानिन् । तर, पछि कविता र उमेशले नै चलचित्रमा अभिनय गर्ने पक्का भयो । चलचित्रमा यी दुइका साथमा पाइलट विजय लामाको अभिनय रहनेछ । जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

एकपछि अर्को चलचित्र निर्देशनमा व्यस्त भैरहेका छन् । ‘ह्याप्पी डेज र ब्लाइन्ड रक्स’ पछि उनले चलचित्र ‘वीर विक्रम २’ निर्माणको घोषणा गरिसकेका छन् । उनै, मिलनले चलचित्र ‘बोबी’ बनाउने भएका छन् । आज, काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मिलनले वास्तविक कथामा चलचित्र बनाउन लागेको बताए ।

 

 

 

प्रतिक्रिया