खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ माघ २०८१
  • 3.3K
    Shares

पोखरा, ११ माघ २०८१ ।
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा पत्रकार एमबी आस्थामगर निर्वाचित भएका छन् । मञ्चको आज बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै एमबी अध्यक्ष निर्वाचित भएका हुन् । एमबीले ३६ मत पाउँदा सुरजको २७ मत आएको थियो ।

उमा आलेमगर उपाध्यक्ष निर्वाचित भइन् । उमाले ३६ मत पाउँदा उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् । पर्शुराम शर्मा महासचिव निर्वाचित भएका छन् । उनले ३८ मत ल्याउँदा सोही पदकी अर्की प्रतिस्पर्धी लक्ष्मी जिसीले २५ मत पाइन् ।

सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा भने विमल तिवारी निर्विरोध भएका थिए । मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको हो ।

सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल चुनिएका छन् ।
१. अध्यक्ष : एमबी अास्था मगर
२. उपाध्यक्ष : राजाराम पाैडेल
३. उपाध्यक्ष (समावेशी) : उमा अालेमगर
४. महासचिव : परशुराम शर्मा
५. सचिव : राजु गिरी
६. काेषाध्यक्ष : विमल तिवारी
७. सदस्य : गीता राना मगर
८. सदस्य : बालकुमारी ‘तारा’ पाैडेल
९. सदस्य : कृष्ण दवाडी
१०. सदस्य : चेतबहादुर ‘प्रवीण’ थापामगर
११. सदस्य : बसबहादुर ‘वसन्त’ शेर्पा
१२. सदस्य : रिखिराम जिसी
१३. सदस्य : विजय नेपाली

प्रतिक्रिया