अबैध डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई ५ दिन थुनामा राख्न अनुमति

अबैध डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई ५ दिन थुनामा राख्न अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ चैत्र २०७३
  • 18.8K
    Shares

अबैध  डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई ५ दिन थुनामा राख्न जिल्ला अदालतले राजश्व अनुसन्धान विभागलाई सोमबार  अनुमति दिएको छ । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट अवाल आइतबार राति ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित पक्राउ परेका थिए । आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि विमानस्थल जाने क्रममा उनी पक्राउ परेका हुन् ।

उनको हृयाण्डक्यारी एक्सरे मसिनमा स्क्यान गर्ने क्रममा शंका लागेपछि प्रहरीले खोलेर चेक जाँच गरेको थियो । त्यसक्रममा डलर भेटिएको थियो  । ‘हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद भएको हो, एयरपोर्ट प्रहरीले भनेको छ । उनलाई रातभर गौशला प्रहरी वृत्तमा राखिएको थियो । उनलाई विहानै प्रक्रिया पुरा गरेर राजश्व अनुसन्धान विभागमा बुझाइएको एयरपोर्ट प्रहरीले जनाएको छ ।

अवालेसँग बयान दिने क्रम सुरु भएको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले बताए । राजश्व अनुसन्धान विभागका अनुसार बयान सकिएपछि मुद्धा चलाउने प्रक्रिया सुरु हुनेछ । विभागले संगठित अपराध वा डलरको अवैध कारबारको आशंमा छानविन गरिरहेको छ ।

प्रतिक्रिया