पोखरा फाइनान्सको खराब वित्तीय विवरण सार्वजनिक

पोखरा फाइनान्सको खराब वित्तीय विवरण सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ माघ २०८१
  • 4.2K
    Shares

पोखरा,७ माघ २०८१।

नेपाल राष्ट्र बैंकले खराब कर्जा धेरै भएको भन्दै समस्याग्रष्त घोषणाको तयारी गरिहेको पोखरा फाइनान्सको खराब वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा कायम गरिदिएको पोखरा फाइनान्सले दोस्रो त्रैमासमा ३३.४४ प्रतिशत खराब कर्जा देखाएको छ।

राष्ट्र बैंकले पुँजीकोष ८ प्रतिशतभन्दा बढीले ऋणात्मक देखाएपछि दोस्रो त्रैमासमा फाइनान्सले ३.१७ प्रतिशतले ऋणात्मक देखाएको छ। एक अर्ब आठ करोड चुक्ता पुँजी रहेको पोखरा फाइनान्स यस त्रैमाससम्ममा ६३ करोड ७९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखरा फाइनान्सले खराब कर्जा ३३.४४ प्रतिशत मात्रै देखाएको हो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा फाइनान्सको खराब कर्जा ३३.४४ प्रतिशत मात्रै छ।

राष्ट्र बैंकले यसअघि पहिलो त्रैमासमा खराबकर्जा लुकाएको भन्दै फाइनान्सको खराबकर्जा ४० प्रतिशत माथि रहेको जनाएको थियो। दोस्रो त्रैमासमा भने फाइनान्सले ३३.४४ प्रतिशतको खराबकर्जा देखाएको हो।

फाइनान्सको चालु आवको दोस्रो त्रैमासमा ६३ करोडले ऋणात्मक छ। गत वर्ष फाइनान्सको यस्तो नाफा २ करोड ९० लाख रुपैयाँ थियो।

खराब कर्जा बढेर ४१ प्रतिशतको हाराहारीमा पुगिसकेकाले फाइनान्सको प्रतिसेयर वितरणयोग्य घाटा बढ‍ेर १४३.३७ प्रतिशतले ऋणात्मक भएको छ। यस अवधिमा फाइनान्सको वितरणयोग्य घाटा १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले फाइनान्सको वित्तीय स्थिति हेरेर १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइसकेको छ। राष्ट्र बैंकको सञ्चालक समिति बैठकले ३५ दिनको समय दिँदा फाइनान्समा थप समस्या बढ्ने भन्दै १५ दिने पत्र पठाउने निर्णय गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

प्रतिक्रिया