कालोबजारीमा ग्यास बिक्री गर्ने एकपो जना खराबाट पक्राउ परेका छन् । पोखरा ८ सिद्धार्थचोक स्थित एच.एम. स्टोर्सका संचालक २७ बर्षिय हरि प्रसाद सिलवाल ग्यास कालोबजारीको अभियोगमा पक्राउ परेका हुन् । खाना पकाउने बिभिन्न कम्पनीका ग्यासहरु महंगो मुल्यमा बिक्री बितरण गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको पसल चेकजाँचको क्रममा बाबा ग्यासको भरी सिलिन्डर १८ थान र तारा ग्यासको भरी सिलिन्डर १ थान गरी जम्मा १९ थान ग्यास सिलिन्डर सहित कालो बजारी गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उनलाई कालो बजारी तथा केही सामाजिक अपराध मुद्वामा म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।