पोखरामा जंगली च्याउ खाएर १ जनाको ज्यान गयो, तीन जना गम्भीर

पोखरामा जंगली च्याउ खाएर १ जनाको ज्यान गयो, तीन जना गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ चैत्र २०७३
  • 15.9K
    Shares

पोखरा २३ चैत्र । जंगली च्याउ खादा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ लामाचौरकी एक युवतीको ज्यान गएको छ । तीन जनाको अबस्था गम्भिर छ ।जंगली च्याउ खाएर बिरामी परेकी १९ बर्षीय मन माया तामाङको ज्यान गएको हो । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा बुधवार साझ पाँच बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

चैत्र १९ गते जंगलबाट ल्याएको च्याउ खादा अन्य तीन जना गम्भिर छन् । च्याउ खाएर बिरामी परेका १२ बर्षीय आयुश मगरलाई थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौं रिफर गरिएको छ । त्यस्तै ६० बर्षीय माइली तामाङको मनिपाल र सोनाम मगरको चरक अस्पतालमा उपचार भैरहेको छ । बिशाक्त च्याउ खाएकै कारण उनीहरु बिरामी परेको र मन मायाको ज्यान गएको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया