सहकारीबाट साढे चार लाख लुटियो, क्यासियर र एकाउन्टेन्टलार्इ पक्राउ

सहकारीबाट साढे चार लाख लुटियो, क्यासियर र एकाउन्टेन्टलार्इ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ चैत्र २०७३
  • 11.1K
    Shares

कैलालीको सत्तीबजारमा रहेको सत्ती कर्णाली सामुदायिक सहकारी संस्थामा लुटपाट भएको छ । मंगलबार  अपरान्ह पौने चार बजेतिर माक्सले अनुहार छोपेर आएका तीन जनाको समूहले सहकारीमा प्रवेश गरी साढे चार लाख लुटेर फरार भएको कैलाली प्रहरीले जनाएको छ ।

 

बजारबाट पैसा संकनल गरी कार्यालयमा जम्मा गर्ने समयमा लुटपाट भएको हो । लुटेराकाे हुलिया दिन नसकेको भन्दै  प्रहरीले सहकारीका क्यासियर र एकाउन्टेन्टलार्इ पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरका डिएसपी सुदीपराज पाठकका अनुसार उनीहरूले लुटेराको हुलिया र उनीहरूले प्रयोग गरेको हतियारबारे केहि थाहा नभएको बताएपछि शंका लागेर पक्राउ गरिएको हो । उनीहरूसँगै अन्य दुर्इ जना पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया