प्युठानमा गाउँपालिका उपाध्यक्षले प्रहरीसमक्ष गरे आत्मसमर्पण

प्युठानमा गाउँपालिका उपाध्यक्षले प्रहरीसमक्ष गरे आत्मसमर्पण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०८१
  • 3K
    Shares

पोखरा,२४ मंसीर २०८१।

जातीय छुवाछूत गरेको आरोप लागेका प्यूठानको झिमरूक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

आफूबिरुद्ध गाउँपालिकाले भाडामा लिएको भे १ च ३९९३ नम्बरको गाडी चालक रेशम सुनारले जातीय छुवाछूत गरेको आरोप लगाएर प्रहरीमा उजुरी दर्ता गरे पछि उपाध्यक्ष पोख्रेल प्रहरीमा आफैं उपस्थित भएका प्रहरीले जानकारी दिएको छ।

झिमरूक-६ का रेशम सुनारले जातिय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएपछि पोख्रेल फरार रहेका थिए । गाडी चालक सुनारले आफूलाई पोख्रेलले जातीय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए । सुनार गाउँपालिकाले भाडामा लिएको उक्त जिपका चालक हुन् ।

जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएर अदालत पेस गरेको र आइतबार मुद्दाको टुंगो नलागेकाले प्रहरी हिरासतमै राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

प्रतिक्रिया