क्लिनिक सञ्चालकसँग ५० लाख रुपैयाँ चन्दा माग गर्ने दुई जना पक्राउ गरेको छ।

क्लिनिक सञ्चालकसँग ५० लाख रुपैयाँ चन्दा माग गर्ने दुई जना पक्राउ गरेको छ।


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ चैत्र २०७३
  • 11.6K
    Shares

रौतहट—स्थानीय क्लिनिक सञ्चालकसँग ५० लाख रुपैयाँ चन्दा माग गर्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। एनसेलको नम्बरबाट एसएमएस गरी ५० लाख रुपैयाँ चन्दा माग गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको विषेश टोलिले पक्राउ गरेको हो।

रौतहटको वैरिया गाविस १ का अब्दुल हकसँ ९८१८२७८६०४ र ९८०७२६३१८० को नम्वरको मोवाइलबाट पटक पटक एसएमएस गरेर ५० लाख रुपैया माग गरेको थियो ।

अापराधिक समुहले पटक पटक एसएमएस गरेर ठुलो रकम माग्न थालेपछि उनले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

प्रहरीलाई जानकारी किन गराएको भन्दै सो समूहले दुई साता अघि हकको निजी क्लिनिकमा सुतली बम विस्फोट गराएको थियो।

धम्की दिने मोबाइल नम्बरको आधारमा वैरिया ९ कै ५५ बर्षिय शेख शेराज र प्रतापपुर पल्टुवा ९ का ५० बर्षिय शेख इश्लामलाई प्रहरीले पक्राउ गरेको रौतहट प्रहरी प्रहुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

निजी क्लिनिक सञ्चालक हकलाई अपराधिक समूहले गत १५ दिनदेखि निरन्तर एसएमएसबाट ज्यान मार्नेसम्मको धम्की दिएको थियो। प्रहरीले मोवाइल लोकेशनको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख पोखरेलले बताए।
पक्राउ दुवैलाई जबरजस्ती चन्दा असुली अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया