माओवादी केन्द्र आफ्नै निर्णय कार्यान्वयन गर्न असफल

माओवादी केन्द्र आफ्नै निर्णय कार्यान्वयन गर्न असफल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ जेष्ठ २०७३
  • 10.6K
    Shares

१० माओवादी घटकको एकतापछि बनेको नेकपा माओवादी केन्द्र आफैले गरेको अघिल्लो निर्णय कार्यान्वय गर्न असफल बनेको छ । नेताहरुको मर्यादाक्रम र पदका आकांक्षी बढी हुँदा पदाधिकारी चयनसमेत गर्न नसकेको माओवादी केन्द्रले सचिवालयका बाँकी सदस्य र पोलिटव्युरो निर्माण कार्यसमेत पूरा गर्न नसकेको अवस्था छ ।

गत ६ जेठमा पार्टी एकतापछि ९ र १० जेठमा पहिलोपटक बसेको केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले ५१ सदस्यीय सचिवालय गठन गर्ने र १ सय ५१ सदस्यीय पोलिटव्युरो बनाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म सचिवालयका बाँकी सदस्य थप्न र पोलिटव्युरो निर्माण गर्ने कार्य छलफलमा मौ सीमित बनेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

प्रतिक्रिया