स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लेखा समिति सदस्य नेवा पक्राउ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लेखा समिति सदस्य नेवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ कार्तिक २०८१
  • 4.9K
    Shares

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, कालीमाटी , काठमाण्डौ

पोखरा,२१ कार्तिक २०८१।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले उक्त सहकारीको एक जना लेखा समितिकी सदस्यलाई पक्राउ गरेको छ।

सुर्यदर्शन सहकारी संस्थाको अध्यक्ष समेत रहेका जीबी राइ नै अध्यक्ष रहेको उक्त सहकारीकी लेखा समिति सदस्य काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवालाई प्रहरीले स्वर्णलक्ष्मी सहकारी रकम अपचलन सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । रकम अपचलतबारे अनुसन्धान गर्न छसय ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

स्वर्णलक्ष्मीबाट एक अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा दुई अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्क प्रालि, वीरगन्ज स्थित सानो पाइला सहकारी र चितवन स्थित सहारा बचत तथा अन्य सहकारी तथा जीबीले सञ्चालन गरेको कम्पनीहरूमा पनि रकम लगेको भेटिएको छ । त्यहाँबाट कहाँ कहाँ रकम गएको छ भन्नेबारे स्वर्णलक्ष्मीलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको बताइएको छ।

स्वर्णलक्ष्मीका अध्यक्ष जीवी राई, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नविन अछामी र पूर्व अध्यक्ष दीपक लामा विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । कल्पना कुमारी श्रेष्ठ, पूर्व प्रबन्धक भूपेन्द्र राई लगायत २४ जना विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

प्रतिक्रिया