झ्याप्लेखोला पहिरोमा जुम्ल्याहा छोराछोरीसहित सीताको निधनको खबरले स्याङ्जाको लल्याङगाउँ शोकमग्न

झ्याप्लेखोला पहिरोमा जुम्ल्याहा छोराछोरीसहित सीताको निधनको खबरले स्याङ्जाको लल्याङगाउँ शोकमग्न


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ असोज २०८१
  • 5.8K
    Shares

गल्याङ नगरपालिका वडा नं.३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आएकी सिता भट्टराई, छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराई

पोखरा,१३ असोज २०८१।

अहिले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ३ लल्याङ गाउँ पुरै शोकमा डुबेको छ । अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा-नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी उक्त गाउँको एकै परिवारका आमाछोरा र छोरीको निधन भए पछि लल्याङ गाउँ पुरै शोकमा डुबेको हो ।

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटिएको लु १ ज ४५७८ नम्बरको बसबाट शनिबार लल्याङ गाउँ घर भै हाल बुटवल बसोबास गर्दै आएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको शब भेटिएको थियो।

बुटवलको कालिका मानवज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए ।

पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश जान उनीहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट उक्त माइक्रो चढेका थिए। तर उनीहरु काठमाण्डौ नपुग्दै उनीहरू सवार रहेको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उनीहरुसंगे त्यस ठाउँबाट १४ जनाको शव निकालिएको नागढुंगा प्रहरी विभागले जनाएको छ ।

आफ्नो श्रीमती र दुई छोराछोरीको मृत्युको खबरले मर्मात भएका होमनाथ भट्टराई भने वैदेशिक रोजगारीको सिलसिलामा कोरिया छन् र उनी नेपाल आउने तयारीमा रहेको प्राप्त समाचारमा जनाइएको छ।
गल्याङ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले यस घटनाले आफूलाई मर्माहत बनाएको बताउदै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै आवश्यक सहयोगमा जुट्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया