संविधान संशोधनको भारतबाट स्वागत

संविधान संशोधनको भारतबाट स्वागत


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० माघ २०७२
  • 11.9K
    Shares

मधेसमा उत्पन्न समस्याको सम्बोधन गर्न शनिबार गरिएको संविधान संशोधनको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले आइतबार निकालेको संक्षिप्त विज्ञप्तीमा नेपालमा संविधान संशोधन हुनुलाई सकारात्मक कदमकारुपमा उल्लेख गरेको छ ।भारतले अन्य महत्वपूर्ण विषयहरुमा पनि रचनात्मक संवादबाट सम्बोधन गर्दै सहमतिमा पुग्ने विश्वास लिएको छ ।

मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो।मन्त्रिपरिषद्को तीनबुँदे निर्णयलाई पनि भारतले औपचारिक रुपमा विज्ञप्ती निकालेर स्वागत गरिसकेको छ ।

प्रतिक्रिया