नेपाली दौरा सुरुवालमा चिटिक्क देखिए बलिउड नायक राजपाल यादब

नेपाली दौरा सुरुवालमा चिटिक्क देखिए बलिउड नायक राजपाल यादब


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ चैत्र २०७३
  • 16.5K
    Shares

कलाकार राजपाल यादब

मेरो पैसा खै चलचित्रले नेपाल ल्याउन नसकेको बलिउडका कलाकार राजपाल यादब अहिले नेपालमा छन् । नेपाली, हिन्दी लगायत केही भाषामा बन्ने चलचित्र करोडपति छायाँकनका लागि उनी नेपाल आएका हुन् ।निर्देशक दिनेश लामाले उनलाई नेपाल ल्याएका हुन् ।

राजपाललाई लिएर दिनेशले अहिले काभ्रेको पनौती नजिकै जंगल आसपासका स्थानमा चलचित्रको छायाँकन गरिरहेका छन् । चलचित्र शुसिल अधिकारीले केही साथीहरुसँग मिलेर बनाएका हुन् ।
राजपालले चलचित्र अभिनय सिलसिलामा नेपाली पहिरन दौरा सुरुवाल र ढाको छोपी समेत लगाएर सट दिइरहेका छन् । नेपाली पहिरनमा उनी चिटिक्क देखिने गरेका छन् ।
चलचित्रमा उनको साथमा नेपाली कलाकार आर्यन अधिकारी र निता ढुंगानाले समेत अभिनय गरिरहेका छन् । नेपाली खासै बोल्न नजान्ने उनले राम्रो मेकरले बनाएको राम्रो कथाको चलचित्र अफर आए अभिनय गर्न तयार रहेको बताए ।
यादव चलचित्र करोडपति छायाँकनका लागि अझै केही दिन नेपाल बस्ने बताइएको छ । निर्माण युनिटले चलचित्र छायाँकनमा बाधा नपुगोस् भनेर चलचित्रको छायाँकन गोप्य राखेर ठाउँ फेर्दै गर्दै आएको छ ।

प्रतिक्रिया