एमाले दुनियाँकै अराजक पार्टी : काँग्रेस नेता शेखर कोइराला

एमाले दुनियाँकै अराजक पार्टी : काँग्रेस नेता शेखर कोइराला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ चैत्र २०७३
  • 41.6K
    Shares

डा शेखर कोईराला

काँग्रेस नेता डा शेखर कोईरालाले एमाले दुनियाँकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको आरोप लगाएका छन् । उनले एमालेकै कारण मुलुकमा समस्या निम्तिएको पनि दावी गरे ।

नेता कोइरालाले एमाले जन्मनुभन्दा अगाडि देखि नै काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रको लागी संघर्ष गरेको इतिहास रहेको भन्दै एमालेले काँग्रेसलार्य राष्ट्रियताको पाठ पढाउन आबश्यकन नरहेको बताए ।एमालेसँग काँग्रेसलाई राष्ट्रियताको पाठ पढाउने नैतिकता पनि नरहेको नेता कोइरालाको भनाई छ ।

नेता कोइरालाले नक्कली राष्ट्रबादको नारा लिएर एमालेले मेची–महाकाली यात्रा थालेको भन्दै एमाले निर्वाचन बिथोल्न लागेको आरोप लगाए । ‘सूदुरपश्चिम पुगेर हाम्रा सभापति शेरबहादुर देउवाजीलाई तथानाम गाली गर्ने केपी ओलीजी को हो ?’ काँग्रेस ललितपूर क्षेत्र नं–२ को क्षेत्रिय सम्मेलनको उदघाटन कोइरालाले भने । उनले मधेसी मोर्चाको सहमति बिना गरिने निर्बाचनले मूलुकलाई बिखण्डनमा लैजाने बताए ।

 

प्रतिक्रिया