सिन्धुलीको भगवती बोर्डिङको होस्टेलमा बिद्यार्थी झुण्डिएको अवस्थामा भेटिए : मृत्यु पछि बिरोध प्रदर्शन

सिन्धुलीको भगवती बोर्डिङको होस्टेलमा बिद्यार्थी झुण्डिएको अवस्थामा भेटिए : मृत्यु पछि बिरोध प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ भाद्र २०८१
  • 3.1K
    Shares

पोखरा,२४ भदौ २०८१ ।

सिन्धुलीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको मृत्यु प्रकरण बिबादमा परेको छ।

जिल्लाको भगवती अंग्रेजी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र रजनेश साहको मृत्यु प्रकरण विवादमा परेको हो।

विद्यालयको होस्टेलमा बसेर अध्ययनरत शाह भदौ २ गते झुण्डिएको अवस्थामा भेटिए पछि तत्काल उद्धार गरेर उपचारार्थ काठमाण्डौ पुर्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विद्यालय प्रशासनले छात्र शाहले होस्टेलमा आत्महत्या प्रयास गरेको जिकिर गरिरहेको छ भने आफन्तजनले र अभिभावकले आत्महत्या नभई हत्या गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

अभिभावक र आफन्तले आइतबार विद्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । विद्यालयलको दबाबमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय अगाडि समेत विरोध प्रदर्शन गरेका हुन् । अभिभाकले भने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष,प्रिन्सीपल र अन्य दुईजनाको नाममा किटानी जाहेरी लिनुपर्ने माग गरिरहेका छन्।

विद्यालयलका प्रिन्सिपल कृष्ण उप्रेतीले रक्षाबन्धनमा घर जाने इच्छा व्यक्त गरेकोमा अभिभावकले विद्यालयमै बुवा र बहिनी आउने बताए पनि घरबाट कोहि नआएपछी झुण्डिएको दाबी गरे।

रक्षाबन्धनमा घरबाट कोही नआएपछि कोठाको भेन्टिलेटरमा गम्छामा झुण्डिएको अवस्थामा भेटिएको प्रिन्सिपल उप्रेतीले जानकारी दिए। अभिभावकले आत्महत्या नभई हत्या गरेको भनी लगाएको आरोपमा सत्यता नभएको उनको जिकिर छ।
\
यता मृतक विद्यार्थीका अभिभावकले आत्महत्या नभई आफ्नो छोराको हत्या नै गरेको दाबी गरेका छन् । विद्यालयले आफ्नो छोरा आफै झुण्डिएको प्रमाण देखाउनुपर्ने मृतकका बुवा गणेषकुमार साहले बताए। “ विद्यालयले रक्षाबन्धनको दिन अभिभावक लिन नआएको कारण झुण्डिएर आत्महत्या प्रयास गरेको भन्ने हल्ला फिँजायो । तर विद्यालयबाट हामिलाई लिन आउनु भनेर फोननै आएको छैन । ” साहले भन्नुभयो ।

“ हामिलाई विद्यालयले फोन गरेर आत्महत्या प्रयास गरेका छ पनि भनेन । बेहोस भएर लगिएको भन्ने कुरा गरेका थिए । पछि रातको ११ बजे मात्रै झुण्डिएको भन्ने थाहा पाए ; साहले थप्नुभयो । विद्यालयको हरेक कोठामा सिसिटीभि क्यामेरा भएपनि घटना घटेको कोठाको सिसिटीभि बिग्रीएको भन्ने विद्यालयको कुरामा शंकास्पद रहेको उनले आरोप लगाए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता अनिल कुमार खड्काले भने मृतकको आफन्तले धुलिखेल अस्पतालमै उपचारको क्रममा नै रहेका भए पनि सत्यतथ्य छानबिनको लागि जाहेरी दिइसकेको जानकारी दिए।

अस्पतालको रिपोर्टमा पनि झुण्डिएर मृत्यु भएको भन्ने छ । अर्को एउटा एउटा स्वाब परिक्षणको लागि ल्याबमा पठाइएको थियो । त्यसको रिपोर्ट आउन बाँकि छ । ” खड्काले भने । “यदि श्वाबको रिपोर्टमा शंकास्पद भेटिए आफै उहाँहरुलाई पुरक जाहेरी दिन लगाउँछौँ । अन्यथा निर्दोषलाई समातेर अनुसन्धान गर्न मिल्दैन । ; उहाँले थप्नुभयो ।

सिन्धुली स्थित भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका रजनीश साहको शंकास्पद मृत्यू भएको छ । परिवारजनले प्रहरी प्रशासनमा उजुरी दर्ता गर्न खोजेपनि नमानेकोले धनुषाको सपही चोकमा अभिभावकद्वारा चक्काजाम गरिएको छ ।

प्रतिक्रिया