पोखरा,९ भदौ २०८१ ।
रौतहटको मौलापुर नगरपालिका–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि वलात्कारको आरोप लागेपछि उक्त नगरपालिकाले एउटा छानबिन समिति बनाएको छ।
एकजना विवाहित महिलाले वडाध्यक्ष साहमाथि वलात्कारको आरोप लगाएपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, कार्यपालिका सदस्य आशादेवी साह र अधिकृत अच्छेलाल साह सदस्य रहेका छन् ।
घटनाबारे सत्यतथ्य छानबिन गरी समितिलाई १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न भनिएको छ।
समितिले घटनाको प्रतिवेदन पेश गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
वडाध्यक्ष साहकै गाउँकी ती पिडित महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर विगत पांच वर्षदेखि आफूमाथि यौन शोषण भएको आरोप लगाएकी छिन ।