पोखरा,६ भदौ २०८१ ।
झापामा शिक्षकको कुटाइबाट एक जना छात्रा घाइते भएकी छिन्। झापाको शिवसताक्षी नगरपालिका–१० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षक हेतिराज निरौलाको कुटाइबाट कक्षा–६ मा अध्ययनरत छात्रा अन्जली गुरुङ घाइते भएकी छिन्।
कानुन व्यवसायी समेत रहेका शिक्षक निरौलाले क्लास वर्क गर्न अटेरी गरेको भन्दै छात्रा गुरुङलाई पाइपले पिटेकाकारण छात्राको कम्मर माथिको भाग ‘डढेँल्नु’मा तीनवटा डाम ‘सुम्ला’ देखिएको प्रहरीले जानकारी दिएको छ। उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
प्राप्त जानकारी अनुसार, शिक्षक निरौलाले पढाउने क्रममा सबै विद्यार्थीलाई ‘क्लास वर्क’ गर्न भनेका तर अञ्जलीले बेवास्ता गरेको शिक्षक निरौलाले दाबी गरेका छन्। त्यसपछि आफुले ’तिमी क्लास वर्क गर्दिनौ ।’ भनेर अञ्जलीलाई सोधेको, त्यसको जवाफमा अञ्जलीले ‘आउँदैन सर।’ भनेपछि आफूले उनलाई तर्साउन पाइपको छडीले हानेको शिक्षक निरौलाले बताएका छन्। उनले आफूबाट गल्ती भएको पनि स्वीकार गरेका छन्।