पोखरा, २ भदौ २०८१ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले आफूहरुलाई धम्क्याएको पोखराको सुर्यदर्शन सहकारी संस्थाका पिडितहरुले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा आज आयोजित सुर्यदर्शन सहकारी पिडितहरुसंगको छलफलका क्रममा आफूहरुलाई धम्क्याइएको पिडितहरुले आरोप लगाएका हुन् ।
जिल्ला सहकारी पिडित संघ कास्कीका संयोजक एबम सुर्यदर्शन सहकारी पिडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले संचारकर्मीहरुसंग कुराकानी गर्दै आजको छलफलमा डिएसपी शर्माले पोखरा महानगरपालिकाद्वारा गठित छानबिन समितिको प्रतिबेदन अनुसार थप मानिसहरुलाई मुद्दा चलाउनका लागि अदालतमा पेश गर्ने गरी नयाँ प्रतिबेदनमा आफूले सहिछाप नगर्ने जानकारी दिएका थिए।
सूर्य दर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अधिकृत समेत रहेका डिएसपी शर्माले छलफलमा अहिलेको अवस्था आउनुमा पिडितहरुकै हात रहेको आक्षेप लगाएको जिल्ला सहकारी पिडित संघ कास्कीका संयोजक श्रेष्ठले बताए। डिएसपी शर्माले पिडितहरुतार्फ़ इंगित गर्दै ‘तपाईंहरुका बिरुद्ध पनि प्रहरीमा उजुरी परेकाले अनुसन्धान कारबाही शुरु गरिने’ भनेर आफूहरुलाई धम्क्याइएको श्रेष्ठले बताए
गएको बैशाख १७ गते पोखारा महनागरापालिकाले बुझाएको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको सहकारी सम्बन्धि प्रतिबेदन अहिलेसम्म प्रहरीले लुकाएको आरोप श्रेष्ठले लगाए।
एक महिनामै प्रतिबेदन अध्ययन गरेर अनुसन्धान प्रतिबेदन अदालतमा पेश गर्ने प्रतिबद्धता जनाएको कास्की प्रहरीले चार महिना हुँदा पनि अहिलेसम्म अनुसन्धान प्रतिबेदन अदालतमा पेश नगरेकोमा आपत्ति जनाउदै सुर्यदर्शन सहकारी पिडित संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले यही मौका छोपेर सहकारी ठगी आरोपमा पक्राउ परी जेल जीवन बिताएका अभियुक्तहरु सर्बोच्च अदालत गएको उनको टिप्पणी थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुरक अनुसन्धान प्रतिबेदन जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिनसकेको र पुरानै प्रतिवेदनका आधारमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा सुर्यदर्शन सहकारी ठगी आरोपमा बन्दी जीवन बिताइरहेका महेन्द्र गुरुङ ‘भोटे’ समेतका अभियुक्तहरुएले आफूहरुले जेल बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै सर्बोच्चमा निबेदन दर्ता गराएका छन्। उनीहरुको निबेदन उपर सर्बोच्चमा बह्स चल्दैछ।
प्रहरीले पूरक प्रतिबें अदालतलाई नबुझाउने , सरकारी वकिल कार्यलयले आफ़ुकोमा प्रहरी प्रतिबेदन नआएको जिकिर गर्ने र पूरक अनुसन्धान प्रतिबेदन बिना अदालतमा बहस भएमा आफूहरुले न्याय नपाउने सम्भवन रहेको श्रेष्ठको भनाई छ। उनी भन्छन , प्रहरीले तत्काल पूरक प्रतिबेदन सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गर्नु [अर्छ र त्यही पूरक प्रतिवेदनका आधारमा असर्बोच्च अदालतले फैसला गर्नुपर्छ। ”
यता जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले आफुले कसैलाई नध्म्क्याएको जिकिर गर्दै धनक्याएको आरोप लगाउने व्यक्तिलाई प्रस्तुत गर्न अनुरोध गरे। अनुसन्धानका क्रममा कसले के भने भन्ने बारेमा आफूलाई लुमै ,मतलब नरहेको उनको स्पस्ट भनाइ रहेको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा कार्यालय रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा मुद्दा चलिरहेका सोही सहकारीका पूर्व सचिव वीरगञ्ज महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने ४८ वर्षे अनुज नकर्मीलाई पक्राउ गरिएको जानकारी दिएको छ।
सहकारीमा जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी नकर्मीलाई साउन ३२ गते काठमाण्डौ दक्षिणकालीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।
जिबी राई अध्यक्ष रहको उक्त सहकारीको रकम रवी लामिछानेमार्फत गोर्खा मिडिया प्रालिमा प्रयोग पाइएको थियो । जिबी राई हाल फरार रहेकामा लामिछानेमाथि छानबिन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले सुर्यदर्शन सहकारी पि’डितलाई ध’म्क्याए #janasanchar #exclussive