बुटवल । देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण पौडेलले आफूलाई अपहरणको प्रयास भएको बताएका छन् । अपहरणकारीबाट जोगिन सफल भए पनि आफू सवार कार र मोबाइल भने अपहरणकारीले लगेको उनको दाबी छ ।
खैरेनी चोकबाट पौडेल सवार बा १५ च ७२७९ नम्बरको निजी कार र मोबाइल अपहरणकारीले लगेको बताइएको छ । सो कार उनी आफैले चलाएका थिए र केहीबेर खैरेनी चोकमा रोकिएका थिए । उनको साथमा गोपाल तमुसमेत थिए ।पौडेल देबदह प्रहरी चौकीमा छन् । प्रहरीले सुरक्षा सतर्कता बढाउँदै अनुसन्धान अघि बढाएको छ ।
गत फागुन १८ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनबाट पौडेल देवदह क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनी एमाले निकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।
अपहरणकारीले आफ्नो कार खैरेनीचोकबाट पूर्वतर्फ लगेको हुनसक्ने उनले बताए । गत पुस ४ गते सोही स्थानमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।