उपचारको अभावमा सहकारी पिडितको मृत्यु : सडकमै शब राखेर पीडितले गरे, बिरोध प्रदर्शन (भिडियोसहित)

उपचारको अभावमा सहकारी पिडितको मृत्यु : सडकमै शब राखेर पीडितले गरे, बिरोध प्रदर्शन (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ साउन २०८१
  • 2.5K
    Shares

पोखरा, २७ साउन २०८१।
उपचारको अभावमा काठमाण्डौमा एक जना सहकारी पिडितको मृत्यु भएको छ।

काठमान्डौको न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका ६६ वर्षीय राजेन्द्र स्थापितको शनिबार वीर अस्पतालमा मृत्यु भएको हो।
नि:सन्तान रहेका स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने प्रलोभन देखाएर उक्त सहकारीका अध्यक्ष ‘अलाइभ ग्लाइडर’ भनिने कसनि राई लगायतका पदाधिकारीले एक करोड ३३ लाख रुपैयाँ आफ्नो सहकारीमा जम्मा गर्न लगाएको, तर अहिले आएर साँवा – ब्याज दुवै नदिएको पिडित राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले जानकारी दिइन्।

सहकारीका अध्यक्ष ववािदास्पद छवकाि व्यवसायी ॅअलाइभ ग्लाइडर’ भननेि कसनि राई हुन् ।
नःसिन्तान स्थापत िदम्पत्तलािई बैंकले भन्दा बढी ब्याज दनेि र बुढेसकालमा सुवधािका लाग आिवश्यक व्यवस्था गरदनिेि प्रलोभन दँदिै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए ।
राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झक्न िलगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडतकिा आफन्तले बताएका छन् ।

लामो समयदेखि बिरामी परेका राजेन्द्र स्थापितको उपचारका लागि पांच लाख रुपियाँ उपलब्ध गराइदिन अनुरोध गर्दा पनि अध्यक्ष राईले नदिएको पिडित पक्षको आरोप छ। सहकारीको खातामा एक करोड बढी भए पनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पिडित आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताए । उपचार गर्ने पैसा समेत सहकारीले नदिए पछि आज मृत्यु भएको पिडितका आफन्तले दाबी गरेका छन्।

सरकारले १६ महिना अघि भएको सम्झौता कार्यन्बयन नगर्दा पिडितहरु अहिले पनि आन्दोलित छन्। आन्दोलनकै बीच सहकारी पिडित राजेन्द्र स्थापितको मृत्यु भए पछि आफन्तहरुले सडकमा शव राखेर बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले मृतक र सहकारी पिडितले न्याय पाउनुपर्ने माग राख्दै काठमाण्डौको रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया