सुत्केरी व्यथाले सिकिस्त महिलाको तीनदिनपछि उद्धार

सुत्केरी व्यथाले सिकिस्त महिलाको तीनदिनपछि उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ साउन २०८१
  • 3.8K
    Shares

पोखरा, २६ साउन २०८१।

बिगत तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीकी एक महिलाको शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

सुत्केरी व्यथा लागेकी ४० बर्षीया सुनमाया गुरुङको अवस्था थपजटिल बनेपछि नेपाली सेनाको एनए–०५८ नम्बरको हेलिकप्टरमार्फत उद्दार गरिएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन ।

‘‘बुधबारदेखि गुरुङलाई सुत्केरी व्यथा लागेको थियो, उनले भनिन, ‘‘सुत्केरी गराउन विहिबार फिलिम स्वास्थ्यचौकी बोकेर ल्याएको भएपनि अवस्था झनै जटिल बन्दै गयो, यहाँ सुत्केरी गराउन सम्भव नभएपछि आज हेलिकप्टर झिकाएर काठमाण्डौ पठाइएको हो ।’’

प्रतिकुल मौसम मौसमका कारण गुरुङको उद्दारका लागि हेलिकप्टर आउन कठिनाइ भएको थियो । गर्भवतीको उद्दार गरी काठमाण्डौको थापाथलीस्थित प्रसुतीगृह शल्यक्रियाका लागि पठाइएको छ । राष्ट्रपति सुत्केरी महिला उद्दार कार्यक्रममार्फत गर्भवती महिलाको हेलिकप्टर झिकाएर उद्दार गरिएको उपाध्यक्ष गुरुङले बताइत ।

भौगोलिक जटिलता र सडक सञ्जालको सहज पहुँच नपुगेको उत्तरी गोरखामा गर्भवती तथा अन्य विरामीको उद्दारका लागि समस्या हुँदै आएको छ, उनले भनिन, ‘‘सदरमुकाम पु¥याउन बाटो छैन, हेलिकप्टरमार्फत उद्दारका लागि पनि झण्झटिलो हुने गरेको छ ।’’ समयमा उपचार नपाउदा उत्तरी गोरखाका नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था समेत रहेको बताइन् ।

प्रतिक्रिया