पोखरा, २३ साउन २०८१।
१० वर्षीय जनयुद्धका क्रममा घाइते तथा अपाङ्गता भएका योद्धाको उचित स्वास्थ्योपचार ब्यबस्थापनको माग राखेर म्याग्दीमा एक जना घाइते योद्धाले धर्ना शुरु गरेका छन्।
बि.स २०६० सालमा दाङको भालुबाङ शसस्त्र प्रहरी तालिम बल आक्रमणकाक्रममा घाइते भएका रमेश थापाले जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडी धर्ना शुरु गरेका हुन्।
उनले म्याग्दी जिल्लाबाट जनयुद्धमा समाहित भएर घाईते भएका पुर्व लडाकु, कार्यकर्ताको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र सरकारको आफ्नो धर्नामार्फत ध्यानार्कषण गराएका छन्। थापाले नियमित उपचार नपाएको गुनासो गदैं माग सुनुवाइ नभएसम्म धर्ना सहितका दवावमुलक कार्यक्रम जारी राखिने जानकारी दिए।

परिवर्तनका लागि यूद्धमा होमिएपनि आर्थिक अभावमा अहिले उपचारमा समेत समस्यापरिरहेको उनको गुनासो छ। जनयुद्धकाघाइते तथा अपाङ्ग योद्धाका समस्या समाधान गर्न हरेक सरकार उदासिन हुने गरेकोमा आश्चर्य प्रकट गर्दै थापाले जनयुद्धका योद्धाका छोराछोरीलाई निशुल्क शिक्षा सहित आत्मसम्मानको उचित ब्यबस्थापन हुनुपर्नेउनको माग छ।
जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित परिचयपत्र र सम्मानपत्र दिन, शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गर्न -गराउने प्रतिबद्धतालाई पूर गरिनु पर्ने उनको अडान छ।