पोखराको धर्मस्थली स्कुलमा पढ्ने छात्र एक सातादेखि बेपत्ता : खोजीमा सहयोग गरिदिन आमा धारा नेपालीको अनुरोध

पोखराको धर्मस्थली स्कुलमा पढ्ने छात्र एक सातादेखि बेपत्ता : खोजीमा सहयोग गरिदिन आमा धारा नेपालीको अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ साउन २०८१
  • 3.3K
    Shares

पोखराबाट बेपत्ता दिपजल नेपाली

पोखरा, २२ साउन २०८१।

पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित धर्मस्थली माविमा अध्ययनरत एक बिद्यार्थी बिगत एक सातादेखि बेपत्ता रहेका छन्। उक्त स्कुलको कक्षा ७ मा अध्ययनरत १५ वर्षीय दिपजल नेपाली ६ दिनदेखि बेपत्ता छन् ।

कास्कीको रुपा गाउँपालिका वडा १, फल्याङकोट घर भई हाल पोखराको नालाकोमुख-तेर्सापट्टीमा बस्दै आएकी धारा नेपालीले बेपत्ता आफ्नो १५ वर्षीय छोरा दिपजल नेपालीलाईकहिंकतै देखेमा नजिकको प्रहरीमा खबर गरिदिन सबैसंग सहयोग मागेकी छिन् । उनले आफ्नो छोरा खोजीमा सहयोग गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निबेदन दिएकी छिन्।

गत साउन १६ गते साँझ आफू कामबाट फर्किंदा छोरा डेराकोठामा नभएपछि उनले आफन्त, छरछिमेक, स्कुल परिवार सबैतिर खोजतलास शुरु गरेको तर अहिलेसम्म कहीं कतैबाट केही खबर नपाएको उनले बताइन् ।

आफ्ना पतिले छाडेर हिडे पछि दुई वटा छोरालाई लुगा सिलाउने काम गरेर पाल्दै आएकी धारा नेपाली आफूलाई सहयोग गर्न सक्ने अवस्थाको जेठो छोरो बेपत्ता भएकोमा चिन्तित छिन्।

प्रतिक्रिया