चट्याङ लागेर स्ववियु सभापति राईको मृत्यु

चट्याङ लागेर स्ववियु सभापति राईको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ चैत्र २०७३
  • 13.1K
    Shares

संखुवासभाको जिमी माम्लिङस्थित रामेश्वर क्याम्पसका स्ववियु सभापति २२ वर्षीय नविन जिमी राईको चट्याङ लागेर मृत्यु भएको छ । संखुवासभाको आँखिभूईंमा शुक्रवार अपरान्ह हावाहुरी र वर्षासँगै चट्याङ पर्दा अन्य दुई घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलका अनुसार, फागुन १८ गते सम्पन्न स्ववियु चुनावमा एमाले अखिलबाट जिमी सभापति भएका थिए । उनी रामेश्वर क्याम्पसमा वीएड पहिलो वर्षमा अध्ययनत थिए ।
गत शुक्रबार परेको चट्याङबाट आँखिभूई र मादीका दुई जनासमेत घाइते भएको प्रहरी निरीक्षक पोख्रेलले बताए ।

प्रतिक्रिया