आफ्नै छोराबुहारीले चार दिन अघि घनघोर जंगलभित्र अलपत्र छाडेका ७० वर्षीय जामुनलाल झाँगड …….. ……

आफ्नै छोराबुहारीले चार दिन अघि घनघोर जंगलभित्र अलपत्र छाडेका ७० वर्षीय जामुनलाल झाँगड …….. ……


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ साउन २०८१
  • 6.7K
    Shares

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा बेवारिशे ७० वर्षीय जामुनलाल झाँगड

पोखरा, २ साउन २०८१।

के “सानो छँदा छोराछोरी पाल्ने र बुढेसकालमा छोराछोरीले पाल्ने” हाम्रो समाजको रिति परिवर्तन भएको हो र?” के हाम्रो समाज पश्चिमाकरणतिर लम्किदै गएको हो त ? अनि हाम्रो समाजमा यो भन्दा ठूलो अपराध अरु के हुन सक्छ ?

आफ्नो छोराबुहारीले ७० वर्षीय बृद्ध बाबुलाई मोटरसाइकलमा राखेर चार दिन अघि मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा अलपत्र छाडेको अवस्थामा भेटिएको छ। बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका जामुनलाल झाँगड उक्त साझेदारी वन क्षेत्रमा अलपत्र अवस्थामा भेटिएका हुन्।

वन क्षेत्र निगरानीमा निस्किएका हेरालो टोलीले ती बृद्ध झाँगडलाई शरीरमा चोट लागेको र कमजोर अवस्थामा भेट्टाएका बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले जानकारी दिए। सोही हेरालो टोलीले ती वृद्धको उद्धार गरेर उपचारका लागि स्थानीय बेलबारी नगर अस्पताल पुर्याइएको अध्यक्ष गिरीले बताए।

राम्रोसंग धेरै बोल्न सक्ने अवस्थामा नरहेका बृद्ध झाँगडको हाल सोहि अस्पतालमा उपचार भैरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताए ।

प्रतिक्रिया