पोखरा, १८ असार २०८१/
शेयर सदस्यहरुको रकम ठगी गरेको आरोपमा ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उक्त सहकारीका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई शेयर सदस्यहरुको रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
सहकारीमा कुल निक्षेप ४५ करोड रहेकोमा उनीहरूले सहकारीको सात करोड १३ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ । तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए ।
अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।