लमजुङमा शिक्षकको कुटाईबाट कक्षा ७ मा पढ्ने विद्यार्थी घाइते

लमजुङमा शिक्षकको कुटाईबाट कक्षा ७ मा पढ्ने विद्यार्थी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ असार २०८१
  • 5K
    Shares

शिक्षकको कुटाइ खाएका आदेश बिक

पोखरा, १७ असार २०८१/

लमजुङ सदरमुकाम बेसीशहरस्थित युनिभर्सल एकेडेमी बोर्डिङस्कुलका शिक्षकको कुटाईबाट कक्षा ७ मा पढ्ने विद्यार्थी घाइते भएका छन् ।

विद्यालयका विज्ञान विषयका शिक्षक अर्जुन अधिकारीले १२ बर्षीय विद्यार्थी आदेश विकलाई कुटेको विद्यार्थीका अभिभावकले बताएका छन् । बेसीशहर नगरपालिका–७ त्रिवेणी टोल घर भएका आदेश बोर्डिङको होस्टेलमा पढ्दै गरेको अवस्थामा उनलाई साँझ साढे ७ बजेतिर एक्कासी शिक्षकले कुटेको बताइएको छ ।

शिक्षकको कुटाइबाट आदेशको देब्रे कानमा गम्भिर चोट लागेको छ् भने, ढाडमा समेत चोट देखिएको छ । शिक्षकको कुटाइबाट घाइते भएका आदेशलाई अभिभावकले शुरुमा लमजुङ मोडेल हस्पिटल लगेकामा त्यहाँबाट तत्कालै लमजुङ अस्पताल रिफर गरिएको प्राप्त समाचारमा जनाइएको छ। उनको अहिले सोहि स्पतालाको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समाचारस्रोत tagaronews.com

प्रतिक्रिया