जंगलमा भेटीयो ५० किलो भन्दा बढि खतरनाक विषादी

जंगलमा भेटीयो ५० किलो भन्दा बढि खतरनाक विषादी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ जेष्ठ २०७३
  • 12.3K
    Shares

कास्कीको सिद्ध गाविस वडानं ७ मा पर्ने कामीखोल्सामा ५० केजी भन्दा बढि खतरनाक विषादी भेटीएको छ । घास काट्न जादा जंगलमा पोकाहरु देखेको र धानको विउ भनि हेर्दा विषादी भएको थाहा लागेको स्थानीय अंजुदेवी गुरुङले जानकारी दिए ।

भेटिएको विषादी जिल्ला कृषि विकास कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । १० दिन अगाडि जंगलमा भेटीएको विषादी कास्की देउरालीमा रहेका प्रहरीको सहयोगमा स्थानीयले बन उपभोक्ता समितिको भवनमा राखेका थिए । एक बर्ष अगाडि नेपाल सरकारले प्रतिबन्ध लगाएको फोरेट विषादी , लेलीकम्पनीको कम्पाउन्ड लीक्वेड फट्टिलाइजर, मातेश्ववरी विषादी कम्पनीका विषादी, मालाथीन लगायतका विषादी भेटीएको थियो ।

कास्की या तनहुँका विक्रेताले विसादी फालेको हुनसकने आशंका सहित अनुसन्धान भइरहेको जिल्ला कृषि विकास कार्यलय कास्कीले जनाएको छ । विषादी फालीएको तल पानीको मुल रहेकाले स्थानीयबासीले पानी प्रयोग गर्न समेत डराएको स्थानीय हिम कुवंरले बताए ।

जिल्ला प्रशासन कार्यलय कास्कीका सुरेश चन्द्र कोइरालाले ढिलो चाडो दोषी पत्ता लगाइ कारवाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर रानाले विसादी नष्ट गर्ने सहज विधि विकास गर्नुपर्नेमा जोड दिए ।

रानाले जंगलमा लगेर विषादी फ्याक्नेको पहिचान गरी कार्वाही गर्नुपर्नेमा जोड दिए । कार्यलयका विषादी निरिक्षक स्तुति आचार्यले पोखराका एग्रोभेटहरुमा म्याद नाघेका विषादी भएकोले सो को ब्यबस्थापनमा ध्यान दिनुपर्ने बताए । जंगलमा भेटीएको विषादी लाई सुरक्षीत रुपमा राख्ने र कृषि विभाग मार्फत मन्त्रालयमा जानकारी गराइने भएको छ ।

प्रतिक्रिया