पोखरा, २६ जेठ २०८१/
साता दिन अघि मात्र रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक युवाको त्यहीं मृत्यु भएको छ।
नेपाल प्रहरीको जागिर छाडेर दक्षिण कोरिया पुगेका जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ३ का हरिचन्द्र अधिकारीको त्यहीं मृत्यु भएको हो । उनी नेपाल प्रहरीको १३८ औं समूहका प्रहरी जवान थिए ।
उनी सातदिन अघि मात्र बाबु–आमासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदा भएर वैदेशिक रोजगारको लागि दक्षिण कोरिया पुगेका थिए । त्यसपछि दक्षिण कोरियास्थित मिर्याङ्ग भन्ने स्थानमा कार्यरत हुँदाहुँदै उनको मृत्यु भएको बताइएको छ। उनको मृत्यु कारण भने खुल्न सकेको छैन।