गुल्मी जिल्ला अदालत परिसरभित्रै श्रीमानबाट निर्घात मरणासन्न हुने गरी कुटिइन्, मनसुवा

गुल्मी जिल्ला अदालत परिसरभित्रै श्रीमानबाट निर्घात मरणासन्न हुने गरी कुटिइन्, मनसुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ बैशाख २०८१
  • 4.4K
    Shares

पोखरा, २८ बैशाख २०८१/

गुल्मी जिल्ला अदालत परिसरभित्रै एक महिला आफ्नै श्रीमानबाट मरणासन्न हुने गरी कुटिएकी छिन्। अदालतमा बयान दिन गएकी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी माइतीघर भएकी २६ वर्षीय श्रीमती मनसुवा श्रेष्ठलाई उनकै श्रीमान गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ३५ वर्षीय दिपक श्रेष्ठले मरणासन्न हुने गरी कुटेका हुन्।

प्रहरीका अनुसार, उनको गुल्मी जिल्ला अदालतमा श्रीमान दिपक श्रेष्ठसंग चलिरहेको छ र सोही क्रममा बयान दिन गुल्मी जिल्ला अदालत पुगेको बेला कुटिएको प्राप्त समाचारमा जनैएको छ। उनको मुहारको हड्डी भाचिएको र रक्तश्राप समेत भएको बताइएको छ ।

चार वर्ष अघि मागी विवाह गरेर वैदेशिक रोजगारका लागि ओमन पुगेका उनका श्रीमान श्रेष्ठले दाइजो थोरै पाएको भन्दै श्रीमतीलाई तनाव दिने गरेको माइतीजनको आरोप छ ।

प्रतिक्रिया