भाग्न सुधारगृहको छतबाट हाम फालेका युवकको मृत्यु : हत्या भएको परिवारजनको आरोप

भाग्न सुधारगृहको छतबाट हाम फालेका युवकको मृत्यु : हत्या भएको परिवारजनको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ बैशाख २०८१
  • 10.4K
    Shares

पोखरा, २६ बैशाख २०८१/

कैलालीस्थित एक सुधारगृहबाट भाग्न एक तले भवनको छतबाट हाम फालेका युवकको मृत्यु भएको छ। सुधारगृहबाट भाग्न आफुलाई राखिएको कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाटास्थित नयाँ बाटो पुनर्स्थापना केन्द्र सुधारगृहको भवनको एक तलामाथिबाट बुधबार बिहान साढे ३ बजे हाम फालेका २५ वर्षीय सुनिल शाहीको उपचारका क्रममा मृत्यु भएको हो।

सुधारगृहको छतबाट हाम फालेर घाइते भएका घोडाघोडी नगरपालिका-२ का शाहीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)दिपेन्द्रकुमार पालले जानकारी दिए। डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताए। प्रहरीका अनुसार, शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ ।

शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए। मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् । मृतकका बुवा धनराज जोशीले छोराको हत्या भएको जिकीर गर्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिइएको दाबी गर्दै कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाए । शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

प्रतिक्रिया