पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने

पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ चैत्र २०७३
  • 27.1K
    Shares

कप्तान पारस खड्का

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दुबै खेल नखेलेका नेपाली टोलीका कप्तान पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने भएका छन् । स्वास्थ्यको कारण देखाउँदै कप्तान खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट पनि नखेल्ने भएका हुन् । खड्काको केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो ।

इमर्जिङ टिम्स एसिया कप बंगलादेशमा हुनेछ । उनको अनुपस्थितिमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको दुई खेलमध्ये पहिलो नेपाल पराजित भयो भने दोस्रोमा सात विकेटले विजयी बन्यो ।

प्रतिक्रिया