उजुरी परेपछि नायक भुवन केसी चारघण्टा प्रहरी नियन्त्रणमा

उजुरी परेपछि नायक भुवन केसी चारघण्टा प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ चैत्र २०७३
  • 22.5K
    Shares

नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् । आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी सोमबार अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । प्रहरीले बोलाएपछि उनी आजै काठमाडौं आएका थिए ।

दिउसो प्रहरी कार्यालयमा पुगेका उनलाई उजुरीकर्ता पक्षसंग कागज गरेर अबेर साँझ मात्रै छाडिएको प्रहरी स्रोतले जनायो । उनविरुद्ध उजुरी गर्ने फिल्मकैसह निर्माता कृष्ण पाण्डे हुन् । अमेरिकामा बसोबास गर्ने पाण्डेले नायक भुवन केसीले चलचित्र निर्माणपछि हर हिसाब नबताएको तथा आफुले पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क गर्न नचाहेकाले बाध्य भएर प्रहरीमा उजुरी गर्नु परेको बताएका छन् ।

प्रहरीमा उजुरी परेपछि नायक केसीले गल्ति स्वीकार गर्दै कागज गर्न राजी भएपछि उनलाई छोडिएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया