कतारमा छसय भन्दा बढी नेपाली अलपत्र

कतारमा छसय भन्दा बढी नेपाली अलपत्र


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ बैशाख २०८१
  • 2.5K
    Shares

कतारमा नेपाली कामदार

पोखरा, १६ बैशाख २०८१/

रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका चसय २५ नेपालीसहित एकहजार पांच सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।

उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरआवासीय संघ (एनआरएनए) कतारले सुरुमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो, ‘सुरुमा हामी आफै गएर खाद्यान्न बाँड्यौं,’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भने, ‘त्यसपछि कतारको मिनिस्ट्री अफ लेवर डिपार्टमेन्टमा फलो गर्यौं अनि ह्युमन राइट्समा केस दर्ता गर्यौं, त्यति मात्र नभएर दोहास्थित नेपाली दूतावासमा गएर श्रमसहचारीलाई पनि भेटेर नेपाली कामदारको समस्याबारे जानकारी गरायौं ।’

केही खाद्यान्न कतार च्यारिटीमार्फत उपलब्ध गराउन सफल भएको कार्यवाहक अध्यक्ष पन्थीले बताए । ‘अहिले हामीले रोजगारदाता कम्पनीसँग फलोअप गरिरहेका छौं, आइतबार कम्पनीले तलब दिने भन्ने कुरो छ, हेरौं आइतबार साँझसम्म के गर्छ,’ उनले भने ।पछिल्लो समय रोजगारदाता कम्पनीले साइट नचलेको भन्दै कामदारलाई काम, तलब र खानासमेत नदिएर समस्यामा पार्ने गरेका छन् ।

यस्तै, कतारस्थित अल जावर पार्टनसर्् कम्पनीमा कार्यरत ६ सय २५ जना नेपाली कामदार अलपत्र परेपछि एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले श्रममन्त्री डीपी अर्याललाई भेटेर कामदारका समस्याबारे जानकारी गराउँदै उद्धारका लागि अनुरोध गरेका छन् ।

शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले यस समस्या समाधानका लागि सरकारका तर्फबाट पहल थालिसकेको बताएका छन् । उनीहरूलाई नेपाल फर्काउने या के गर्ने भन्ने विषयमा छिट्टै निष्कर्षमा पुगिने उनले बताए । श्रमिकलाई समस्यामा पर्न नदिने प्रतिबद्धता जनाउँदै दूतावास र एनआरएनए कतारका साथै कतारी सरकारसँग समन्वय गरेर निष्कर्षमा पुगिने उनले बताए ।

सो कम्पनीले ५ महिनासम्मको तलब नदिएपछि उनीहरू अलपत्र परेका हुन् । एनआरएनए० कतारका अध्यक्ष रमेश भट्टका अनुसार कम्पनीमा काम गर्ने करिब १ हजार ५ सय कामदारमध्ये ६ सय २५ जना नेपाली कामदार छन् । श्रमिकले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरू विभिन्न मेनपावर कम्पनीमार्फत सो कम्पनीमा पुगेका थिए । कम्पनीले तलब नदिएपछि श्रमिकले गत अप्रिल १४ देखि काम बन्द गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया