धौलागिरी अस्पतालका प्रमुख मेसु डा, प्रधानलाई अस्पताल व्यवस्थापन समिति सदस्यद्वारा हातपात प्रयास

धौलागिरी अस्पतालका प्रमुख मेसु डा, प्रधानलाई अस्पताल व्यवस्थापन समिति सदस्यद्वारा हातपात प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ बैशाख २०८१
  • 5.6K
    Shares

धौलागिरि अस्पताल, बागलुङ

पोखरा, १५ बैशाख २०८१/

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट मेसु.डा, रविरञ्जन प्रधानलाई एक जना अस्पताल व्यवस्थापन समितिका सदस्यले दुर्ब्यबहार गरेका छन् ।

व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बिहिबार दिउँसो करिब ४ः३० बजेको समयमा कार्यकक्षमै प्रवेश गरेर मेसु प्रधानलाई हातपातको प्रयास गर्नुका साथै दुर्ब्यबहार गरेका हुन्।

उनीमाथी अभद्र व्यवहार गर्नुको कारण भने खुल्न सकेको छैन । आफुमाथी अभद्र व्यवहार भएपछि मेसु प्रधानले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन् ।

आफु डिउटीमा रहेको समयमा अभद्र व्यवहार भएको भन्दै अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठलाई कार्वाहीको माग गर्दै उजुरी दिएका हुन् ।

यस बारेमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अभद्र व्यवहार गर्नेलाई कानुन बमोजिमको कार्वाही हुने बताए । ‘हामी कहाँ निवेदन परेको छ, अहिले छलफलमा छौँ ।’ उनले भने–‘अभद्र व्यवहार गर्नेलाई कानुन बमोजिम कार्वाही हुन्छ ।’

उनले डाक्टरको सुरक्षाको लागि आफु प्रतिबद्ध रहेको बताउँदै कार्वाहीको लागि प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया