जनकपुरमा गएराती आमाछोरीको आगो लगाई जलाएर हत्या !

जनकपुरमा गएराती आमाछोरीको आगो लगाई जलाएर हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ बैशाख २०८१
  • 5.3K
    Shares

जिल्ला प्रहरी कार्यालय धनुषा

पोखरा, ६ बैशाख २०८१/

जनकपुरमा गएराती आमाछोरीको आगो लगाई जलाएर हत्या गरिएको छ। महोत्तरीको मनरासिस्वा नगरपालिका- २ कि अन्दाजी २२ वर्षीया प्रियंका महतो र उनको अन्दाजी छ महिनाको छोरीको धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीकाे डिलमा आगो लगाई जलाएर हत्या गरिएको हो ।

रेल्वे लिक नजिकै रहेको पोखरीकाे डिलमा बुधबार राति प्रियंकाको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए। उनको शव नजिकै जलेर गम्भीर घाइते अवस्थामा भेटिएकी उनकी छोरीको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। युवती र बालिकाको हत्या हो या आत्महत्या अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया