पार्टी एकताका लागि पाँच माओवादीबीच १३ बुँदे साझा सहमति, क्रान्तिकारी माओवादी विभाजित, पार्टी एकतामा आफ्नो पार्टी सहभागी नभएको बिप्लवको भनाइ , बादल पक्ष फुटवादमा पतन भएकाे र नवसंशाेधनवादकाे पुच्छर बनेकाे वैद्यकाे गंभीर अाराेप

पार्टी एकताका लागि पाँच माओवादीबीच १३ बुँदे साझा सहमति, क्रान्तिकारी माओवादी विभाजित, पार्टी एकतामा आफ्नो पार्टी सहभागी नभएको बिप्लवको भनाइ , बादल पक्ष फुटवादमा पतन भएकाे र नवसंशाेधनवादकाे पुच्छर बनेकाे वैद्यकाे गंभीर अाराेप


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ जेष्ठ २०७३
  • 12.4K
    Shares

विभाजित माओवादीको एकता प्रक्रिया शनिबारदेखि औपचारिक रुपमै अगाडि बढेको छ । जसका लागि पाँच वटै माओवादीबीच १३ बुँदे साझा सहमति भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार एमाओवादी हेडक्वार्टर पेरिसडाँडामा बसेको बैठकमा वैद्यलाई अपदस्थ गरी अध्यक्ष भएका रामबहादुर थापा बादल नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा, मातृका यादव लगायतका नेताहरुको उपस्थितीमा साँझा सहमति भएको हो । जसअनुसार जेठ पाँच गर्ने औपचारिक रुपमै एकता गर्ने तय भएको छ ।

यस्तो छ विभाजित माओवादी एकताका लागि भएको साझा सहमति:

1) साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग नै रहेको वर्तमान विश्वमा क्रान्ति र प्रतिक्रान्तिका भीषण वर्ग संघर्षका बीचमा यतिबेला विश्वस्तरमा प्रतिक्रान्ति हावी रहेको छ र कम्युनिष्ट क्रान्तिकारीहरुका अगाडि इतिहासका अनुभवहरुको गम्भीर समिक्षा सहित मा.ले.मा.को रक्षा, प्रयोग र विकास गर्ने तथा क्रान्तिकारीको नयाँ आक्रामक लहरका निमित्त नयाँ कार्यदिशा, रणनीति र कार्यनीतिको विकास गर्ने ऐतिहासिक रुपले चुनौतिपूर्ण दायित्व रहेको छ ।

2) उपरोक्त अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव सहित नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद र अवसरवाद हावी हुँदै गएको छ । माओवादी नेतृत्वको १० वर्षे महान् जनयुद्ध र त्यसका बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धीहरु खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्क संगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका श्रृंखलाहरु देखापरे जसको परिणाम क्रान्तिकारीहरुमा निराशा, विघटन र पलायनका प्रवृति हावी हुन थालेका छन् भने यसबाट प्रतिक्रियावादी र अवसरवादीहरु भने हौसिंदै क्रान्तिका उपलब्धीहरु माथि आक्रमण बढाउँदै लगेका छन् । परिस्थितिको यो संवेदनशीलताका बीचमा आज सम्पूर्ण माओवादी र सच्चा कम्युनिष्टहरुका बीचमा पार्टी एकता हुनुपर्ने आवाज चारैतिरबाट उठिरहेको छ । वस्तुतः सम्पूर्ण माओवादी सहित सच्चा कम्युनिष्टहरुको बीचको एकता आज एक अपरिहार्य, वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ ।

3) पार्टी एकतालाई दिगो र दह्रो बनाउन सच्चा कम्युनिष्टहरुले हमेशा विचारधारात्मक र राजनैतिक कार्यदिशालाई आधार बनाउने गर्दछन् र त्यसै गर्नु पनि पर्दछ । त्यस अनुसार आजको ठोस सन्दर्भमा मा.ले.मा.लाई पथप्रदर्शक सिद्धान्त मान्ने तथा यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा समान समझदारी हुुनु पार्टी एकताका लागि पहिलो आधारभूत सर्त हो ।

4) वित्तिय पूँजीको तीब्र भू–मण्डलीकरण, विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएका अभूतपूर्वक क्रान्ति तथा मौसम परिवर्तनको परिघटना लगायतका सन्दर्भमा विश्व साम्राज्यवादले नवउपनिवेशवादको नयाँ रणनीतिद्वारा आफ्नो एकाधिकारवादलाई बचाई राख्ने जमर्को गरिरहेका छ भने सर्वहारा वर्ग र उत्पीडित राष्ट्र एवम् जनताका अगाडि उसका विरुद्ध विचार र रणनीतिको नयाँ विकास गर्दै संघर्ष बढाउनु पर्ने कुरामा समान समझदारी हुनु पर्दछ ।

5) महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरुका बलमा सामन्तवाद माथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन् । तर साम्राज्यवाद विरुद्धको संघर्ष र राष्ट्रिय स्वाधिनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महत्वपूर्ण बनिरहेको छ । यो स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरण एवम् सामन्तवादका अवशेषका विरुद्ध संघर्षलाई निरन्तर अगाडि बढाउन आवश्यक छ । सामन्ती अवशेष सहित दलाल र नोकरशाही पूँजीपति वर्ग हावी रहेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्या समाधान गरी सामन्तवाद र साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्ति,, जुन नयाँ जनवादी क्रान्तिकै मुख्य सारतत्व हो, लाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशामा समान समझदारी पनि एकताका लागि आवश्यक छ । यो अन्तरिम कार्यदिशाका आधारमा अगाडि बढेर अध्ययन, अनुसन्धान र छलफलको प्रक्रियाद्वारा एकता महाधिवेशनबाट कार्यदिशाको परिमार्जन, संमृद्धिकरण र संश्लेषण गरिनेछ ।

6) सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिकालाई वर्गाीय समाजको सार्वभौम सिद्धान्तका रुपमा स्वीकार गर्ने कुरामा समान बुझाई आवश्यक छ । आजको ठोस परिस्थितिमा त्यसको स्वरुप निर्धारण गर्नु पर्दछ ।

7) जनवादी केन्द्रीयतालाई आधारभूत संगठनात्मक सिद्धान्तका रुपमा स्वीकार र अभ्यास गर्ने तथा तत्काल संगठनात्मक संरचना नेतृत्व निर्माणदेखि अन्तरसंघर्ष र एकीकरणको सर्वसम्मत नीति, विधि र प्रक्रिया निर्धारण गर्नु पर्दछ ।

8) नेपालको नयाँ संविधानले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनैतिक मुद्धाहरुलाई संस्थागत गरेको छ । यद्यपी पनि यो पुर्ण छैन । यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिइएको छ । राज्यसत्तामा दलाल, नोकरशाही पूँजीपति र ह्रासोन्मुख सामन्ती वर्गकै हित सुरक्षित गरेको छ । संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवम् समानुपातिक समावेशी प्रतिनिधित्व एवम् जनताका मौलिक अधिकारसँग सम्वन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोग गर्दै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनु पर्दछ ।

9) तात्कालिक कार्यनैतिक दृष्टिले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्याहरुलाई लिई सबै मोर्चाबाट चौतर्फि पहल र हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारीमा जोड दिनु पर्दछ । यस सन्दर्भमा सडक, सदन र सरकारका सबै मोर्चाहरुलाई उपयोग गर्दै क्रान्तिको समग्र तयारीको विशिष्ट योजना र कार्यक्रम बनाईनु पर्दछ । क्रान्तिका लागि सडकबाट लिईने पहलकदमीको मुख्य र सदन र सरकारबाट लिईने पहलको सहायक र विशिष्ट भूमिका रहने कुरामा समान समझदारी रहनु पर्दछ ।

10) तराई–मधेस, उत्पीडित क्षेत्र, थारु लगायत आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम लगायतका समस्याहरुको संबोधन गर्न पहिचान, राष्ट्रिय आत्मनिर्णयको अधिकार, स्वायत्तता र पूर्ण समानुपातिक प्रतिनिधित्व सहित विशेषाधिकारको व्यवस्था गर्न पर्दछ । यसरी मात्र आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेर देशको समग्र राष्ट्रिय स्वाधिनता सुदृढ गर्न सकिन्छ ।

11) साम्राज्यवादी र विस्तारवादी शक्तिहरुद्वारा विगतमा नेपालमाथि थोपरिएका सन् १९५० लगायतका असमान सन्धी सम्झौताको खारेजीको लागि संघर्ष गर्ने ।

12) पार्टी र आन्दोलनका विगतका गल्ति कमि–कमजोरीहरुको समिक्षा गर्ने ।

13) उपरोक्त साझा सहमतिका आधारमा सबै पक्ष सम्मिलित संयोजन समितिले पार्टीको नाम लगायत एकताको विधि, प्रक्रिया, संरचना, नेतृत्व, मिति निर्धारण गर्नेछ ।

क्रान्तिकारी माओवादी विभाजित

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी शनिबार औपचारिक रुपमा विभाजित भएको छ । शनिबार माओवादीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बसेको केन्द्रीय समितिको बैठकमा मोहन वैद्य उपस्थित नभएपछि रामबहादुर थापा बादललाई अध्यक्ष बनाउँदै क्रान्तिकारी माओवादी विभाजित भएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत माओवादीसँग एकताका विषयमा कुरा नमिलेपछि बादल नेतृत्वमा क्रान्तिकारी माओवादी विभाजित भएको हो ।  शनिबार कुपन्डोलमा बसेको बैठकमा १ सय १५ जना केन्द्रीय सदस्यको भौतिक उपस्थिति र एक सय ३० केन्द्रीय सदस्यको समर्थन दाबी गर्दै बादललाई अध्यक्ष घोषणा गरेको प्रवक्ता पम्फा भुसालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन ।
नेता बादल पक्षले वैशाख २८ गते एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेको थियो तर वैद्यलाई मनाउन भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरेको थियो ।  अध्यक्ष वैद्यलाई मनाउने अन्तिम प्रयास समेत असफल भएपछि बादल समूहले बादललाई अध्यक्ष बनाएर एमाओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।
बादलको नेतृत्वमा एमाओवादीसँग एकताका लागि वार्ताटोली बनाएर एकता प्रक्रिया टुंगोमा पुर्याउने निर्णय भएको प्रवक्ता भुसालले बताइन ।  भुसालले भनिन्, ‘एकताका लागि वार्ताटोली बनाएर सम्पूर्ण विषय टुंगो लगाएर औपचारिक रुपमा एमाओवादीसँग एकता हुन्छ ।’ भुसालले एमाओवादीसँग मात्र नभएर सबै माओवादीसँग एकताको प्रयास हुने बताइन् ।

एमाअाेवादीसँगकाे एकतामा हाम्राे पार्टी संलग्न छैन : विप्लव माअाेवादी

biplab statenebt about naoist unificationपार्टीका केही निश्क्रिय मान्छेहरूलार्इ जाेडेर विप्लव माअाेवादी पनि एकतामा जादैछ भन्ने कुरा सरासर झुट भएकाे विप्लव माअाेवादीले विज्ञेप्तीमै जनाएकाे छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीले एमाअाेवादीसँगकाे एकतामा अाफ्नाे पार्टीलार्इ जाेडेकाे घाेर अापत्ति प्रकट गरेकाे छ । शनिबार विप्लव माअाेवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञेप्ती जारी गर्दै यस्ताे अापत्ति जनाएका हुन् ।

एमाअाेवादीसहितकाे एकतामा अाफ्नाे पार्टीलार्इ जाेड्नु भनेकाे घाेर षडयन्त्र र बदनियतपूर्ण कार्य भएकाे भन्दै त्यस्ताे भ्रममा नपर्न  प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएकाे विज्ञेप्तीमा जनाइएकाे छ । साथै त्याे भ्रमलार्इ अाफ्नाे पार्टीले खारेज गरेकाे समेत बताएकाे छ ।

‘तथाकथित माओवादीहरुको एकताको प्रचारवाजी र त्यससंग हाम्रो पार्टीको नाम जोड्ने षड्यन्त्र, दुस्साहास र वदनियत प्रति पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।’ विज्ञेप्तीमा भनिएकाे छ -‘यसलाई पुराकापुरा खारेजी गर्दछ ।पार्टीको दुरुपयोग तथा वदनाम  गर्ने मुर्खता गरियो भने पार्टीले जो कसैलाई पनि छुट दिन नसक्ने कुरा समेत स्पष्ट गर्दछ ।’

बादल पक्ष फुटवादमा पतन भएकाे र नवसंशाेधनवादकाे पुच्छर बनेकाे वैद्यकाे गंभीर अाराेप

पार्टीमा आएको फुटपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले विज्ञप्ति जारी गर्दै बादल गुटलाई अवसरवादी गुट भएको आरोप लगाएको छ ।

बैद्यले बादल र एमाओवादीबीच भएको १२ बुँदे सहमतिबारे पनि बोलेका छन् । बादल र देव गुरुङले एमाओवादीसँग साँठगाँठ गरेर तयार पारिएको उक्त सहमति आफूलाई थमाइएको र मान्न भनिएको भन्दै बैद्यले भनेका छन्, सांगठनिक रूपमा यसले जनवादी केन्द्रीयताको गम्भीर उल्लंघन गरेको छ । यो गुटवाद तथा फुटवादमा आधारित छ ।’

दक्षिणपन्थी नवसंशोधनवादी राजनीतिक कार्यदिशा लिएको र संविधानको प्रश्नमा यो प्रस्ताव मूलतः एमाओवादीकै नीति, मान्यता र दृष्टिकोणमा आधारित रहेको भन्दै उनले १२ बुँदे कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र आफ्नो पार्टीविरुद्ध छलछामपूर्ण तथा षड्यन्त्रमूलक ढङ्गले ल्याइएको बताएका छन् ।

क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले आफूहरु इतिहासको अत्यन्तै जटिल मोडमा रहेको भन्दै पााचबुादे योजना पनि अघि सारेका छन् ।

पहिलोः कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई जुनसुकै शर्तमा पनि बचाएर राख्नुपर्छ र क्रान्तिकारी धारालाई ध्वस्त पार्ने षड्यन्त्रविरुद्ध निर्मम सङ्घर्ष चलाउनुपर्छ । नेकपा क्रान्तिकारी माओवादीलाई दक्षिणपन्थी संशोधनवादी, संसदवादी तथा प्रतिक्रियावादी राज्यसत्ताको धारमा फसाउन र देश, जनता, मुक्ति तथा क्रान्तिको धारालाई ध्वस्त पार्नका लागि साम्राज्यवाद, विस्तारवाद, घरेलु प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादद्वारा भयानक षड्यन्त्र भइरहेको छ भन्दै बैद्यले त्यसको दृढतापूर्वक सामना गर्नु पर्ने बताएका छन् ।

दोस्रोः क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको रक्षाको प्रश्न हाम्रो कार्यसूचीको प्राथमिक महत्वको विषय बन्न गएको बैद्यले बताएका छन् । उनले पार्टीले लिएको नयाा जनवादलाई न्यूनतम र समाजवाद तथा साम्यवादलाई अधिकतम कार्यक्रमका रूपमा स्वीकार गर्ने नीति सही भएको बताए । अब पार्टीले क्रान्तिकारी सिद्धान्त, विचार र कार्यदिशालाई अवलम्बन, प्रयोग र विकास गर्नु पर्नेमा जोड दिएका छन् ।

तेस्रोः रामबहादुर थापा बादल समूहका विरोध र क्रान्तिकारी धाराको पक्षमा उभिई बेहिचक अगाडि बढ्नु आजको ऐतिहासिक आवश्यकता भएको उनले बताए ।

चौथोः राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न निकै गम्भीर बन्दै गएको उनले बताए । जनजीविकाका समस्या निकै विकराल बन्दै गएका भन्दै उनले भनेका छन्, यसस्थितिमा वर्गसङ्घर्षसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि क्रान्ति अनिवार्य रूपमा आवश्यक छ र त्यसको नेतृत्वका लागि हामी वैकल्पिक शक्तिका रूपमा पहल गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।

पाँचौंः अब केन्द्रीय समितिको बैठक बसेर पार्टीको तात्कालिक तथा दीर्घकालीन कामका बारेमा आवश्यक रूपरेखा तयार पार्ने र निर्णय लिनु पर्ने बैद्यले बताएका छन् ।

प्रतिक्रिया